Kathmandu Press

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरा, मंसिर १७ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन। बुधबार बेलुकी ६ः३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गरेका छन।

प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले नौ हजार तीन सय ३० मत प्राप्त गरेका छन। उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार बलदेव रेग्मीले आठ हजार एक मत प्राप्त गरेका छन। माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाएका छन।

प्रदेशसभा १ मा स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यसैगरी प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १० हजार नौ सय ७७ मत प्राप्त गरेका छन। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले आठ हजार छ सय ४० मत प्राप्त गरेका छन। एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभा सदस्य हुन। राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल शाहीले ७० र स्वतन्त्र उम्मेदवार जनक रावलले १६ मत पाएका छन।

प्रकाशित मिति: १९:०६ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्