Kathmandu Press

आइटिएफ टेनिस : चाइनिज ताइपेइका हङ र भारतकी दुर्गाङसी च्याम्पियन

आइटिएफ टेनिस : चाइनिज ताइपेइका हङ र भारतकी दुर्गाङसी च्याम्पियन
Hardik ivfHardik ivf

पाेखरा, मंसिर १७ : पोखरामा आयोजना भएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) जुनियर–५ टेनिस प्रतियोगिता सर्किट–१ को उपाधि महिलातर्फ भारतकी दुर्गाङ्सी कुमार र पुरुषतर्फ चाइनिज ताइपेइका केहाउ हङ विजयी भएका छन।

नेपाल टेनिस सङ्घको सहयोग तथा कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पुरुष एकलतर्फ ताइपेइकै चेन हुइ होलाई ६–०, ६–१ को सहज सेटमा पराजित गर्दै हङ च्याम्पियन बनेका हुन।

महिलातर्फ दुर्गाङ्सीले भारतकै श्रीनिधि बालाजीलाई ६–४ र ७–६ को सेटमा पराजित गरे। प्रतियोगिताअन्तर्गत पुरुष डबल्सतर्फ भारतका सागर कुमार र स्वस्तिक शर्माको जोडीले कोरियाका डोङ योङ युम र मलेसियाका केगन केथ जोनाथन जोडीबाट ‘वाकओभर’ पाउँदै विजयी भए।

महिला डबल्सतर्फ भारतका श्रीनिधि बालाजी र लक्ष्मीश्री डण्डुको जोडीले प्रथम स्थान हासिल गरे। उनीहरूको जोडीले भारतकै काइरा सिद्धार्थ चेत्नानी र दुर्गाङसी कुमारको जोडीमाथि ६–२, ६–२ को सेटमा सहज जित निकाल्दै विजेता बनेका हुन। एक सातादेखि सञ्चालन भएको प्रतियोगितामा विभिन्न नौ राष्ट्रका ९८ खेलाडीले सहभागिता जनाएका कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष  लोक गुरुङले जानकारी दिए।

प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले मेडल तथा प्रमाणपत्र वितरण गरे। पुरस्कार वितरण समारोहमा गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले टेनिस खेलले गण्डकी प्रदेशकै खेलकुदको सान उँचो पारेको बताए।

यहाँ आयोजना हुने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरूले खेलसँगै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको उनले बताए। प्रतियोगिताअन्तर्गत आइतबारदेखि सर्किट–२ अन्तर्गतका खेल सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १८:१९ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्