Kathmandu Press

माओवादी बैठक : सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय

भोलि दिउँसो २ बजे पुनः बैठक बस्ने माओवादी केन्द्रले जानकारी दिएकाे छ।
माओवादी बैठक : सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय
Hardik ivfHardik ivf

काठमाडाैं, मंसिर १७ : सत्तारुढ दल माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ। चुनावी समीक्षाका लागि पार्टी कार्यालय पेरिसडाँडामा आज (शनिबार) दिउँसो ३ बजेका लागि बोलाइएको थियो।

आजको बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा गर्दै सरकार गठनका लागि सबै विकल्प खुला राख्ने विषयमा छलफल र निर्णय भएको जनाइएको छ। वर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको उपाध्यक्ष कृष्ण बहादुर महराले जानकारी दिए।

केही नेताहरूले चुनावबारे रिपोर्टिङ गरेको एक नेताले बताए। नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेको उनले बताए। भोलि दिउँसो २ बजे पुनः बैठक बस्ने उनले जानकारी दिए।

बैठकमा महासचिव देव गुरुङले निर्वाचन मूलतः शान्तिपूर्ण तरिकाले सम्पन्न भएको, कहाँकहाँ पार्टीको कमजोरी भयो र कहाँकहाँ सबल पक्ष रहेको भन्ने विषयबारे छलफल केन्द्रित भएको र अन्य कुनै विषयमा छलफल नभएको बताए।

गुरुङले सरकारका विषयमा सबै दलहरुसँग छलफल भइरहेको र अहिले गठबन्धनकै सरकार गठनको पहल हुने बताए। उनले चुनावको प्रारम्भिक समीक्षा मात्र गरिएको जानकारी दिए। 

आजको बैठकका लागि मतपरिणामको समीक्षा र सरकार गठन गरी दुई एजेन्डा तय गरिएका थिए। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएको महासचिव गुरुङले बताए। 

प्रकाशित मिति: १७:५५ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्