Kathmandu Press

यु-१९ राष्ट्रिय पुरुष क्रिकेटमा साबिक विजेता लुम्बिनी फाइनलमा

टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेश प्रदेशलाई ५८ रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो।
यु-१९ राष्ट्रिय पुरुष क्रिकेटमा साबिक विजेता लुम्बिनी फाइनलमा

काठमाडाैं, मंसिर १७ : साबिक विजेता लुम्बिनी प्रदेश काठमाडौंमा जारी यु-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेश प्रदेशलाई ५८ रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो।लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेश ४५.४ ओभरमा १ सय ६४ रनमा अलआउट भयो।

मधेशका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए। सरफराज मन्सुरले ३१ रन बनाए। अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए। लुम्बिनीका लागि अभिसेक गौतमले ३ र विशाल बिक्रम केसीले समान ३÷३ विकेट लिए। तुल बहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङले समान १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाउन सक्यो।  जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ। अब सोमबार हुने फाइनलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशको सामना गर्नेछ।

प्रतियोगितामा प्रदेश १ मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन्।

प्रकाशित मिति: १६:३७ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्