Kathmandu Press

पाकिस्तानी दूतावासमा भएको हमलाको निन्दा

'अफगानिस्तानको इस्लामिक इमिरेट्स पाकिस्तानी दूतावासमा भएको असफल आक्रमणको कडा शब्दमा निन्दा गर्दछ, काबुलमा रहेका कूटनीतिक नियोगको सुरक्षामा कुनै कमी हुन दिने छैन,' तालिवान प्रशासनको विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहर बल्खीले भनेका छन्।
पाकिस्तानी दूतावासमा भएको हमलाको निन्दा
Hardik ivfHardik ivf

काबुल, मंसिर १७ : तालिबानको कामचलाउ सरकारले यहाँस्थित पाकिस्तानी दूतावासमा भएको आतंककारी आक्रमणको निन्दा गर्दै देशमा रहेका कूटनीतिक नियोगहरूलाई सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

'अफगानिस्तानको इस्लामिक इमिरेट्स पाकिस्तानी दूतावासमा भएको असफल आक्रमणको कडा शब्दमा निन्दा गर्दछ, काबुलमा रहेका कूटनीतिक नियोगको सुरक्षामा कुनै कमी हुन दिने छैन,' तालिवान प्रशासनको विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहर बल्खीले भनेका छन्। पाकिस्तानी दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले आक्रमण गरेको थियो। आक्रमणमा त्यहाँ खटिएका एक जना सुरक्षाकर्मी घाइते भएका छन्। 

काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले आक्रमणको पुष्टि गर्दै सुरक्षा बलका सदस्य समयमै आक्रमणस्थलमा पुगेका तथा त्यहाँबाट दुई थान बन्दुकका सार्थ एक जना संदिग्धलाई पक्राउ गरिएको बताएका छन्। हालसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन। आक्रमणको अनुसन्धान सुरु गरिएको प्रवक्ताले जनाएका छन्। 

काबुलस्थित कूटनीतिक नियोगमा विगत चार महिनामा  भएको यो दोस्रो आक्रमण हो। यसअघि रुसी दूतावासको प्रवेशद्वारमा भएको आत्मघाती बम आक्रमणमा दूतावासका दुई कर्मचारीसहित छ जना मारिएका थिए।

शुक्रबार पाकिस्तानी दूतावासमा भएको आक्रमणको स्वदेश तथा विदेशमा व्यापक निन्दा भएको छ। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यलगायत विश्वका विभिन्न मुलुकले आक्रमणको निन्दा गर्दै  अफगानिस्तानमा रहेको कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्न तालिबान प्रशासनसँग आग्रह गरेका छन्। 

प्रकाशित मिति: १६:२७ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्