Kathmandu Press

अपांगता भएका व्यक्तिको जीवन सुनिश्चित गर्ने दायित्व राज्यको हो : मन्त्री खापुङ

अपांगता भएका व्यक्तिको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यहाँ आयोजना गरेको अन्तरक्र्रियामा शुभकामना सन्देश दिँदै उनले समावेशी नभएको समाज कहिल्यै सभ्य र विकसित नहुने बताए।
अपांगता भएका व्यक्तिको जीवन सुनिश्चित गर्ने दायित्व राज्यको हो : मन्त्री खापुङ
Hardik ivfHardik ivf

काठमाडाैं, मंसिर १७ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अपांगता भएका व्यक्तिलाई सम्मानजनक र सहभागितामूलक जीवन सुनिश्चित गर्ने दायित्व राज्यको भएको बताएका छन्।  

अपांगता भएका व्यक्तिको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यहाँ आयोजना गरेको अन्तरक्र्रियामा शुभकामना सन्देश दिँदै उनले समावेशी नभएको समाज कहिल्यै सभ्य र विकसित नहुने बताए।

अपांगता भएका व्यक्तिहरु अझै पनि समावेशिताको नामबाट वञ्चित रहेको उल्लेख गर्दै उनले स्वास्थ्य तथा विकासका अन्य कार्यक्रमले अपांगता भएका व्यक्तिलाई केन्द्रमा राखी अघि बढ्न आग्रह गरे। उनले अपांगता भएका व्यक्तिले देश विकासमा पुर्‍याएको योगदानको समेत चर्चा गरे। 

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालले अपांगतासम्बन्धी महासन्धि अनुमोदन गरिसकेकाले समावेशी स्वास्थ्य, पुनःस्थापना र सहायक स्वास्थ्य सामग्री अपांगता भएका व्यक्तिको हक तथा अधिकार सुनिश्चित गर्ने माध्यम रहेको बताए।

स्वास्थ्यका हरेक कार्यक्रममा अपांगता भएका व्यक्तिलाई केन्द्रमा राखी अघि बढ्न उनले आग्रह गरे। अपांगता भएका व्यक्तिलाई स्वास्थ्य प्रणालीमा ल्याउनसमेत उनले अनुरोध गरे। 

विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले अपांगता भएका व्यक्तिको पुनःस्थापना सरकारले एक्लैले मात्र गर्न नसक्ने उल्लेख गर्दै सबैको सहयोग आवश्यक रहेको बताए। उनले हरेक नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिन तीन÷तीन महिनामा घरदैलौ कार्यक्रम गर्नुपर्नेसमेत बताए। 

महाशाखाका निर्देशक डा चुमनलाल दासले अपांगता भएका कारणले स्वास्थ्यमा थप जोखिम देखिएको अपांगतालाई जति सक्दो चाँडो स्वास्थ्य उपचार उपलब्ध गराउनुपर्ने बताए। उनले दुर्गम क्षेत्रका अपांगता भएका व्यक्तिलाई समेट्न गरी नेपालको स्वास्थ्य प्रणालीलाई अपांगता समावेशी बनाउने अभियान भइरहेको जानकारी दिए। उनले अपांगता भएका व्यक्तिलाई सहज सेवा उपलब्ध गराउन नयाँ बन्ने भौतिक पूर्वाधारमा अपांगमैत्री बनाउन आफूहरुले निर्देशन दिएको बताए। 

महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा प्रसन्न नापितले अपांगता भएका व्यक्तिमा मधुमेह, कुषोषण जस्ता रोग बढी देखिने भएकालाई उनीहरुलाई स्वास्थ्यको पहुँच सहज बनाउनुपर्ने बताए। उहाँका अनुसार अपांगता भएका व्यक्तिमा तीन गुणा बढी मधुमेह र अपांगता भएको बच्चामा कुपोषित हुने सम्भावना दुई गुणा बढी हुन्छ।

नेपाल जनसङ्ख्यिय तथा स्वास्थ्य सर्वेक्षणले अपांगता भएका व्यक्तिको छ प्रतिशत जनसङ्ख्याको क्रियात्मक क्षमतामा अति र तीव्र किसिमको कमी रहेको देखाएको छ। तेईस प्रतिशतमा मध्यम किसिमको कमी देखिएको छ। 

यस्तै अपांगता भएका व्यक्तिमध्ये ८० प्रतिशतको पुनःस्थापना सेवामा पहुँच नभएको, ६४ दशमलव आठ प्रतिशत स्वास्थ्य सूचनामा पहुँच नभएको र २९ दशमलव दुई प्रतिशत अन्य स्वास्थ्य सेवामा पहुँच नपुगेको उल्लेख गरिएको छ। नेपालमा ५४ हजार छ सय ३८ जनाले पुनःस्थापना पाइसकेका र दुई हजार एक सय ६३ जनाले अपांगता परिचयपत्रसमेत पाइसकेका जनाइएको छ। व्यक्तिमा १० प्रकारका अपांगता हुने गर्दछन्।

आज नेपालसहित विश्वभर ‘समावेशी विकासका लागि रुपान्तरित समाधानः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सिर्जनशीलताको प्रावधान’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ।  

सरकारले अपांगता भएका व्यक्तिको पुनःस्थापनाका लागि फिजियोथेरापी तथा पुनःस्थापना केन्द्र सञ्चालन, अपांगता समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका २०७६, एकीकृत स्वास्थ्य सूचना प्रणालीमा स्वस्थ्य पुनःस्थापना सेवासम्बन्धी तथ्याङ्क सङ्कलन, पुनःस्थापना सेवासम्बन्धी चिकित्सकीय प्रोटोकल र पुनःस्थापना सेवासम्बन्धी मापदण्ड निर्माण गरेको छ। 

महाशाखाका निर्देशक डा. दासले आगामी दिनमा अपांगता पहिचानसम्बन्धी राष्ट्रिय निर्देशिका तयार गर्नाका साथै अपांगता र पुनःस्थापनासम्बन्धी क्षमता विकास तालिमसमेत प्रदान गर्ने तयारी रहेको बताए। 

प्रकाशित मिति: १६:२२ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्