Kathmandu Press

समूह चरणबाटै बाहिरयाे उरूग्वे

शुक्रबार राति भएको खेलमा घानामाथि २-०को जित निकाल्दा पनि उरुग्वे नअकाउट पुग्न असफल भएको हो।
समूह चरणबाटै बाहिरयाे उरूग्वे
Hardik ivfHardik ivf

काठमाडाैं, मंसिर १६ : उरुग्वे कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा घानामाथि २-०को जित निकाल्दा पनि उरुग्वे नअकाउट पुग्न असफल भएको हो।

समूह जीमा १ जित र १ बराबरीसहित उरुग्वेले ४ अंक जोड्यो। तर, चार अंक नै जोडेको दक्षिण कोरियासँग गोलअन्तर पनि बराबरी भएपछि फेयर प्लेमा पछि पर्दै ऊ समूह चरणबाटै बाहिरियो।

यो समूहबाट पोर्चुगल समूह विजेता र दक्षिण कोरिया उपविजेताका रुपमा नकआउट पुगे। ३ अंक जोडेको घाना पुछारमा रह्यो।

घानाविरुद्ध उरुग्वेलाई जित दिलाउन जर्जियन डे अराकास्टाले दुई गोल गरे। उनले खेलको २६औं र ३२औं मिनेटमा गोल गरेका थिए। त्यसअघि घानाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । २१औं मिनेटमा प्राप्त पेनाल्टीमा उसका आन्द्र अयु गोल गर्न चुके।

पहिलो हाफमा २ गोलको अग्रता लिएको उरुग्वेले गोलका थुप्रै प्रयास गरेपछि गोल हुन सकेन । समूह चरणबाटै बाहिरियो।

यो पराजयसँगै लुइस सुआरेज, इडिन्सन काभानी, डिएगो गोडिनको विश्वकप यात्रा सकिएको छ। यी खेलाडी पछिल्लो दशक उरुग्वेले पाएका सर्वोत्कृष्ट खेलाडी हुन्।

प्रकाशित मिति: २३:५७ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्