Kathmandu Press

‘डेसान’ को आइ लभ युमा निशान र पुनमको रोमान्स

‘डेसान’ को आइ लभ युमा निशान र पुनमको रोमान्स

काठमाडौं, मंसिर १६ : ‘डेसान’ फिल्ममा समाबेश रोमान्टिक गीत ‘आइ लभ यु’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वर, राजु थापाको शब्द, हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत युट्युव च्यानल पर्फमिङ आर्ट क्रिएसनमार्फत दर्शकमाझ ल्याइएको हो । कमल एक्चै मगर निर्देशीत फिल्मको गीतमा नवअभिनेता,अभिनेत्री द्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

अबको शुक्रबार अर्थात् २३ मंसिरबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्ममा पारिवारिक प्रेम, बिश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । सामाजीक महामारीको कथाको रुपमा ब्याख्या गरिएको फिल्ममा निशान र पुनमका साथमा भोला सापकोटा, नम्रता सापकोटा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ । केही समयअघि सार्वजनीक फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

प्रकाशित मिति: २०:२६ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्