Kathmandu Press

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक  बकैया-५  श्रीपुर बस्ने  २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
Hardik ivfHardik ivf

मकवानपुर, मंसिर १४ : मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक  बकैया-५  श्रीपुर बस्ने  २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गए राति धरान-चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २-०३-०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो।

दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि  हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा आज उहाँको मृत्यु भएको बताइएको छ।   

प्रकाशित मिति: १४:०९ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्